हनुमानको तस्वीर मिलाएर राख्न जाने मिल्छ सफलता « Khabarhub

हनुमानको तस्वीर मिलाएर राख्न जाने मिल्छ सफलता


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मीक मान्यता अनुसार हनुमान अजर–अमर छन् । त्यसैले उनी हरेक युगमा रहन्छन् भन्ने मान्यता छ । हनुमानलाई कलियुगको सबैभन्दा प्रभावशाली देवता मध्ये एक मानिन्छ ।

हनुमान चाँडै प्रसन्न हुने देवता हुन् । त्यसैले वास्तु नियमको पालना गर्दै घरमा हनुमानको मूर्ति वा तस्वीर राखे जीवनमा सबै समस्या नष्ट भई सफलता प्राप्त हुने मान्यता छ ।

१. वास्तुको नियम पालना गर्दै घरमा हनुमानको मूर्ति वा तस्वीर राखेमा घरमा रहेको नकारात्मक उर्जा नष्ट हुने धार्मीक मान्यता छ ।

२. वास्तु शास्त्रका अनुसार दक्षिण दिशाको पर्खालमा हनुमानको तस्वीर राख्नु सबैभन्दा शुभ मानिन्छ । हनुमानको शक्ति अधिक प्रभाव दक्षिण दिशामा हुने गर्दछ ।

३. दक्षिण दिशाबाट आउने नकारात्मक ऊर्जा र खराब शक्ति नष्ट गर्न र घरमा सकारात्मक उर्जा बनाइराख्न दक्षिण दिशामा हनुमानको बसेको मुद्राको रातो रंगको तस्वीर राख्नु पर्दछ ।

४. वास्तु अनुसार पंचमुखी हनुमानको मूर्ति वा चित्र जुन घरमा हुन्छ त्यस घरमा सफलता प्राप्त हुनुका साथै यसका अवरोधहरु हटेर जाने मान्यता छ ।

५. घरको मुख्यद्वारमा पञ्चमुखी हनुमानको चित्र लगाउँदा कुनै पनि प्रकारका खराब शक्ति घरमा प्रवेश गर्न पाउँदैन ।

६. हनुमानको तस्वीर घरमा राख्दा परिवारका सदस्यबीच आपसी प्रेम र विश्वास बनिरहेन र सबै सदस्यको मनमा धार्मीक भावना हुने मान्यता छ । यसकालागि श्रीरामको चरणमा बसेका हनुमानको तस्वीर वा श्रीरामको आराधना वा कीर्तन गर्दै गरेको हनुमानको तस्वीर राख्नु पर्दछ ।

७. जुन घरमा पर्वत उठाएको हनुमानको तस्वीर राखेको छ भने त्यस घरमा परिवारका सदस्यहरुबीच साहस र विश्वासको कमी नहुने साथै हरेक परिस्थितिमा डटेर सामना गर्ने क्षमता बन्ने विश्वास गरिन्छ ।

८. उड्दै गरेको हनुमानको तस्वीर घरमा राखे उन्नति र सफलता मिल्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ०५ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता