दोस्रो जितसँगै बेल्जियम नकआउट चरणमा « Khabarhub

दोस्रो जितसँगै बेल्जियम नकआउट चरणमा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।

डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।

तर, ब्रुएना चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो ।

खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनाको पासमा गोल गरे ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनाले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् ।

ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

चोटका कारण ब्रुएनाले पहिलो खेल गुमाएका थिए । म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएना चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए । चोटपछि उनको यो पहिलो खेल हो ।

जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २२ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार