अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा « Khabarhub

अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो । जसमा डिपेले सहजै गोल गरे ।

त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।

नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

अष्ट्रियाको यो पहिलो हार हो। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

अष्ट्रिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २४ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार