ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा « Khabarhub

ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को ग्राण्ड फिनाले सेप्टेम्बर १७ तारिखमा हुने भएको छ।

विभागले भर्चुअल पत्रकार सम्मेलनमार्फत आइडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर १७ तारिखमा गर्ने जनाएको हो।

कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर एनआरएनए मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले जानकारी दिए ।

यस्तो छ परिमार्जित कार्यक्रम

एनआरएन आइडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ। जसअन्तरगत अन्तरा राउण्ड सन् २०१२ को जुन २५ मा हुने छ।
‘यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन्, यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरू बाहिरिनेछन्,’ रेग्मीले भने, ‘बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन्’

सारेगम राउण्ड जुलाई २ मा हुने छ। यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन्। रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन्। बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउण्डमा प्रवेश पाउने उनले बताए।

पियानो राउण्ड जुलाई ९ मा हुनेछ। यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन्। पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन। ‘प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ,’ उनले भने।

गाला राउण्डलाई ३ चरणमा बाँडिने एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले बताए। प्रथम गाला राउण्ड अगस्ट ६ मा हुने छ।

‘यस राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।

दोस्रो गाला राउण्ड १३ अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने गुरुङले बताए। ‘बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ उनले भने।

तेस्रो गाला राउण्ड २० अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने आयोजकले बताए। ‘बाँकी १५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन्,’ गुरुङले भने।

सेमी फिनाले राउण्ड

सेमी फिनाले राउण्ड ३ सेप्टेम्बरमा हुनेछ। ‘अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्,१० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।

ग्राण्ड फिनाले राउण्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताए। ‘फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोहरु बाहिरिने छन्।

‘ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने छ,’ रेग्मीले भने।

ग्राण्ड फिनाले १७ सेप्टेम्बर, २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले बताए। ग्राण्डमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना पहिलो राउण्डबाट बाहिरिने छन्। ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने रेग्मीले बताए।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन्।

प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन्। उपबिजेताले चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४५ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि