कांग्रेस केन्द्रीय समिति आज पनि, महाधिवेशनको संशोधित कार्यतालिका बारे छलफल हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति आज पनि, महाधिवेशनको संशोधित कार्यतालिका बारे छलफल हुने


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि छ । बैठक महाधिवेशनको संशोधित कार्यतालिकामाथिको छलफलमा केन्द्रित हुनेछ ।

बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यकतालिका सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

जसअनुसार, १६–१९ भदौमा काठमडौँमा महाधिवेशन गर्ने उल्लेख छ।

त्यसमाथि छलफल र निर्णय गर्न आज मध्याह्न १ बजे बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाढी र पहिरोका विषयमा छलफल भएको थियो। बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न र प्रभावित परिवारको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको थियो।

त्यस्तै, कोभिड–१९ नियन्त्रणका लागि सरकारले निषेधाज्ञामा मात्रै जोड दिएको जनाउँदै कांग्रेस अन्य विकल्प खोज्न माग गरेको थियो। यससँगै कोभिड–१९ विरुद्धको खोप आयतका लागि पलह गर्न सरकारसँग माग गरेको थियो।

कांग्रेस बैठकले केही जिल्लाको स्थानीय तहको संगठन पुनर्संरचनामा आएको गुनासोका केन्द्रले नै टुंगो लगाउने निर्णय गरेको थियो। जसमा सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सालगायतका जिल्ला रहेका छन्।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ४९ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि