अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ ।

अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।

तालिवानले रमजानपछि मात्रै २०० वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले यी आक्रमणबाट थप क्षति हुन नदिन भूमिका खेल्ल्ने सुरक्षा फौजलाई उनले धन्यवाद दिएका छन् । उनले थप ८०० आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८०० भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएकोसमेत जनाकारी दिएका छन् ।

उनले पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् । तोलो न्युजको तथ्यांक अनुसार गत महिनाको अवधिमा सर्वसाधारणको मृत्यु हुने दरमा २० प्रतिशत वृद्धि भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ०५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले