बाढी पहिरोमा परेका ३ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढी पहिरोमा परेका ३ जनाको मृत्यु


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका-६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका-६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

डोटीको सिलगढी नगरपालिका-५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका-७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् । सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो ।

सल्यानको कालिमाटी गाउँपालिका-४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका-१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन् । उक्त स्थानमा रुख सहितको खसेको पहिरोमा खड्का च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्दार गरी उपचारका लागि नेपालगंजतर्फ पठाएको छ । साथै उक्त पहिरोले कालिमाटी-बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ ।

दैलेखको आठबिस नगरपालिका-५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीबार दिउँसो ढुंगा सहित पहिरो खस्दा सडक अवरोध भएको छ ।

यसैगरी दैलेख, आठबिस नगरपालिका-१ रामाघाटस्थित कर्णाली नदीको बहाब बिहीबार राति बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका-१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी हुम्ला, नाम्खा गाउँपालिका-१ स्थित ताग्रुखोलामा बिहीबार दिउँसो आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट-हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत-दाङ सडक खण्ड अवरोध भएको छ । साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका-१ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ । क्षतिको विवरण खुल्न सकेको छैन् ।

गोरखाको धार्चे गाउँपालिका-१ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीबार राति आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रा सहित खोर बगाएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जगतबाट खटिएको प्रहरीले दुबै घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

तनहुँको भानु नगरपालिका-११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण बिहीबार दिउँसो भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्याङजाको गल्याङ नगरपालिका-८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ साथै तत्काल खटिएको प्रहरीले एकतर्फी सडक सुचारू गरेको छ ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य सुरक्षा निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ५५ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई