गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीमाथि एमाले सांसदको व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट शुरु भयो | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीमाथि एमाले सांसदको व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट शुरु भयो


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेपछि प्रस्तावबारे छलफल शुरु भएको छ ।

छलफलमा सहभागी नेकपा एमालेका सांसदले मुख्यमन्त्रीमाथि व्यंग्य प्रहार गरेका छन् ।

प्रस्तावमाथि आफ्नो धारणा राख्दै एमालेका सांसद कृष्णबहादुर थापाले नयाँ सरकार गठन भएपछि अनिष्ट शुरु भएको टिप्पणी गरे ।

उनले वृद्धभत्ता खाने उमेरका मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालय अगाडि गएर धर्ना दिएको भन्दै आपत्ति पनि प्रकट गरे ।

सांसद थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे फुलेको छ, मनमोहन अधिकारीले १०० रुपैयाँबाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । वृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ ।’

यसअघि मुख्यमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ३९ बजे

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको