बाढीपहिरोले पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता « Khabarhub

बाढीपहिरोले पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाएका छन् । ३० जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार बाढीपहिरोबाट ११ जना घाइते भएका छन् । १३२ घरमा पूर्ण क्षति पुगेको छ ।

उनले भने, ‘अहिले पनि हामी तथ्यांक संकलन गरिरहेका छौँ, बाढीका कारण कति धनको क्षति पुग्यो भन्ने तथ्यांक आइसकेको छैन् ।’ यो तथ्यांक गत जेठ ३१ गतेदेखि असार ४ गते बिहान ८ बजेसम्मको हो ।

लगातरको वर्षाले सिन्धुपाल्चोक, मनाङ, कास्की, पर्वत, चितवन लगायतका जिल्लामा धेरै क्षति भएको छ ।

चपेटामा तीन जिल्ला

लगातार तीन दिनसम्मको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक, मनाङ र पर्वतमा भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी ३ जनाले ज्यान गुमाएका छन् । २० जना सम्पर्क बिहीन भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

ज्यान गुमाउनेमा दुई चिनियाँ र १ जना भारतीय नागरिक रहेको उनले बताए । बाढीमा परी घाइते भएका २ जनाको उपचारपछि सुरक्षित स्थानमा पठाइएको खनालले बताए ।

बाढीले १० झोलुङ्गे पुल, ६ पक्की पुर र ७ ट्राउड माछा फार्ममा क्षति पुर्‍याएको खनालले बताए । बाढीपहिरोमा फसेका ८४ जनालाई सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

क्षतिको विवरण संकलनको काम जारी रहेको भन्दै उनले भने, ‘बाढीले कति घर र कति जनधनको क्षति पुर्याएको छ भन्ने एकिन तथ्यांक नआइसेकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’ बिहीबारबाट पानी केही कम हुँदै गएकाले अब सहज हुने अपेक्षा गरेको उनले बताए ।

त्यस्तै पर्वतमा बाढीले भौतिक संरचनाहरुको क्षति पुर्‍याएको छ । बाढीले ६१ घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन ।
उनका अनुसार बाढीपहिरोबाट ६१ घरका २७२ जना प्रभावित भएका छन् । अहिलेसम्म मानवीय क्षति नभएको उनले बताइन ।

अहिले नदीहरुमा पानीको बहाब कम भएकाले केही सहज भएको पनि उनको भनाइ छ । प्रभावित परिवारहरुलाई अस्थायी बासस्थान गराएर आवश्यक खाद्यान्न सामग्री र लत्ता कपडा दिने काम चलिरहेको पनि उनले बताइन् ।

त्यस्तै मनाङमा बाढीपहिरोका कारण ५३ घरमा पूर्ण क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सारदा चालिसेले बताइन् । पाँच पुल, पाँच सरकारी भवनमा पूर्ण क्षति पुगेको उनले बताइन ।

उनका अनुसार बाढीको जोखिममा रहेको बस्तीका ७० जनालाई स्थान्तरण गरेर चामे ल्याइएको छ भने बाढीमा फसेका ११ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ । हालसम्म मानवीय क्षति नभएको उनले बताइन ।

बाढी पीडितलाई राहत प्याकेज

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार तत्काल राहत स्वरुप नेपाल सरकारले तोकेको मापदण्डमा रहेर जिल्ला विपद व्यवस्थापन समितिबाट पीडितलाई १५ देखि २० हजार रुपैयाँसम्म नगद उपलब्ध गराइने छ ।

बाढी पहिरोमा परी घरबारबिहीन भएकालाई प्राधिकरणले पुनर्निर्माणका लागि अनुदान रकम उपलव्ध गराउने व्यवस्था पनि रहेको उनले बताए ।

उनले भने, ‘पुनर्निर्माण सम्पन्न नहुँदासम्म अस्थायी आवास निर्माणका लागि प्राधिरकणले २ चरणमा २५ हजारका दरले ५० हजार रुपैयाँ उपलब्ध गराउँछ ।’

यो अनुदानको कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : १० बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई