कर्णाली प्रदेशका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको निर्देशन « Khabarhub

कर्णाली प्रदेशका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको निर्देशन


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।

गत वैशाख ३ गते एमाले प्रदेशसभा सदस्य ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढाले माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए ।

फ्लोर क्रस गरेपछि एमालेले प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य नरहने गरी उनीहरु चार जनालाई निष्कासन गरेको थियो । सर्वोच्च अदालतले एमाले संसदीय दलकै सदस्यका रुपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दिएपछि उनीहरु पुनर्स्थापित भएका थिए ।

दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

दलका नेता कँडेलले सर्वोच्च अदालतको आदेशमा संसदीय दलको सदस्यका रुपमा पुनस्र्थापित गरी वैशाख १ गते र आजको बैठकमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित भई दलीय व्याख्याको आचरणविरुद्ध माओवादी नेतृत्वको सरकारमा सहभागी रहेकाले तत्काल राजीनामा दिई संसदीय दलको सदस्यका रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय भएको बताए ।

त्यस्तै बैठकले संसदीय दलका नेता कँडेललाई प्रदेशसभा सदस्यलाई गरिएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले गत जेठ ३१ गते पठाएको पत्रअनुसार लिखित जवाफ दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : ३७ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने