गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त « Khabarhub

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका छन्

शुक्रबार (आज) प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा पोखरेलले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

सभामुख नेत्रनाथ अधिकारीले मतदानमा सहभागी ५८ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको घोषणा गरे । उनले ‍उक्त मत हाल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते नियुक्त भएका हुन् । उनले ४ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसअघि मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताएका थिए ।

आफू नेतृत्वको सरकार प्रदेशसभाको स्थायित्वको पक्षमा गठन भएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ३० बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी