बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान « Khabarhub

बाढीपीडित परिवारलाई निगमद्वारा राहत प्रदान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।

निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप उक्त सहयोग गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ५७ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको