महाकालीमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

महाकालीमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५.८० मिटर र डडेल्धुराको परिगाउँमा ३.५० मिटर पुगेकाले सतर्कता अपनाउन यहाँको भीमदत्त नगरपालिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चाँदनी क्षेत्रमा समेत आग्रह गरेको हो ।

“सो क्षेत्रमा जोखिम आकलन गरी सो क्षेत्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले जिल्लाका विपत्का कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र