जनक शिक्षालाई नयाँ पाठ्यपुस्तक छाप्न र पठाउन चटारो (फोटोफिचर) « Khabarhub

जनक शिक्षालाई नयाँ पाठ्यपुस्तक छाप्न र पठाउन चटारो (फोटोफिचर)


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले यस वर्षका लागि आवश्यक पाठ्यपुस्तक छपाईको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

जनक शिक्षाका अनुसार सबै प्रदेशमा नयाँ पाठ्पुस्तक पुगिसकेको छ भने काठमाडौँ उपत्यकाका लागि चाहिने पाठ्पुस्तक छपाईको काम अन्तिम चरणमा रहेको छ ।


पाठ्यपुस्तक छाप्ने कामसँगै विभिन्न ठाउँमा पुस्तक पठाउने काम पनि धमाधम भइरहको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको बीच पनि केन्द्रमा पाठ्यपुस्तक छाप्ने र ढुवानी गर्ने काम धमाधम भइरहेको हो ।

केन्द्रमा छपाईको कामसँगै नयाँ पाठ्यपुस्तक लोड गर्ने तथा पठाउने कार्यमा कर्मचारीलाई भ्याइनभ्याई छ ।

सरकारले नेपालको चुच्चे नयाँ नक्सा जारी गरेसँगै यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा उक्त नयाँ नक्सा समेटिएको छ । साथै नयाँ पाठ्यपुस्तकमा कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि राखिएको छ ।

तस्वीरहरू : रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : ४३ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने