बाजुरामा १ हजार ६१८ ले लगाए कोरोना विरुद्धको खोप  « Khabarhub

बाजुरामा १ हजार ६१८ ले लगाए कोरोना विरुद्धको खोप 


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नौ वटै स्थानीय तहमा शुरु भएको खोप अभियानअन्तर्गत बाजुरामा हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।

चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन शुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तले बताए ।

जिल्लामा ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु