बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मैत्रीपूर्ण खेलमा पराजित « Khabarhub

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मैत्रीपूर्ण खेलमा पराजित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

शनिबार राति सम्पन्न खेलमा एफसी कोल्नसँग बायर्न ३-२ गोलले पराजित भएको हो ।

सुरुवाती अग्रता बार्यनले बनाए पनि कोल्नले पुनरागमन जित निकालेको थियो । खेलको छैटौँ मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

२७औँ मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए । ३५औँ मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा फर्काए ।

खेलको ५६औँ मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३-२ को जित दिलाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना