पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध « Khabarhub

पहिरोले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- तीन दिनदेखिको लगातारको वर्षाले डोटी सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत सिलगढीको चिसापानीमा पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिए ।

यसैगरी उक्त पहिरोले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिए । उनका अनुसार पहिरोले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन ।

पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीयवासी पहलसिंह साउदले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ४० बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत