दराज महाबचत बजार : म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका | Khabarhub Khabarhub

दराज महाबचत बजार : म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनलाइन बजार दराजले साउन ३ गते देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ।

अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, बैङ्क कार्ड वा आईएमई पे (IME Pay) मार्फत अनलाइन प्री-पेमेन्टमा रु २,००० सम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि:शुल्क डेलिभारी , नि:शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।

यस अभियानको लागि, नाबिल बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क र एनएमबी बैङ्कका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। यी बैङ्कका डेबिट कार्ड धारकहरूले १५ % (रु १,५०० सम्म)को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २०% (रु २००० सम्म) छुट पाउनेछन्। यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ।

यसै गरि, ग्राहकहरु आफ्नो आईएमई पे (IME Pay) खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन्।आईएमई पे (IME Pay) मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २०% (रु १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ % (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २०% (रु ५००) छुट पाउन सक्नेछन।

दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ”मा भाग लिये ग्राहकहरुले रु १,३३,००० मूल्यको आई फोन १२ र रु ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैङ्क कार्ड वा आफ्नो आईएमई पे (IME Pay) खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । येदि जितेनन भनि रकम फिर्ता हुनेछ।

दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५१ बजे

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरोला यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगु– मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान