दराज महाबचत बजार : म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका « Khabarhub

दराज महाबचत बजार : म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनलाइन बजार दराजले साउन ३ गते देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ।

अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, बैङ्क कार्ड वा आईएमई पे (IME Pay) मार्फत अनलाइन प्री-पेमेन्टमा रु २,००० सम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , नि:शुल्क डेलिभारी , नि:शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।

यस अभियानको लागि, नाबिल बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क र एनएमबी बैङ्कका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन्। यी बैङ्कका डेबिट कार्ड धारकहरूले १५ % (रु १,५०० सम्म)को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २०% (रु २००० सम्म) छुट पाउनेछन्। यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ।

यसै गरि, ग्राहकहरु आफ्नो आईएमई पे (IME Pay) खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन्।आईएमई पे (IME Pay) मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २०% (रु १,००० सम्म) छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ % (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २०% (रु ५००) छुट पाउन सक्नेछन।

दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ”मा भाग लिये ग्राहकहरुले रु १,३३,००० मूल्यको आई फोन १२ र रु ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैङ्क कार्ड वा आफ्नो आईएमई पे (IME Pay) खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । येदि जितेनन भनि रकम फिर्ता हुनेछ।

दराज महाबचत बजारमा नयाँ सामसङ एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसङ, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन्।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५१ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको