आर्सनल र रेन्जर्स एफसीको बराबरी « Khabarhub

आर्सनल र रेन्जर्स एफसीको बराबरी


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरी खेलेको छ ।

शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो ।

आइब्रोक्स स्टेडियममा खेलको १४औँ मिनेटमा लिओन बालोगुनले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए पनि २३औँ मिनेटमा नुनो ताभरेसले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

७५औँ मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै रेन्जर्सलाई २-१ को अग्रता दिलाएकोमा त्यसको ८ मिनेटपछि आर्सनलका एड्वार्ड एनकेटीयाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ४० बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई