प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि प्रस्ताव गरेका छन् ।

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठकमा विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको छ ।

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजै बस्ने दोश्रो बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : २६ बजे

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौं– सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

म्याग्दी– नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर