अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अपहरण « Khabarhub

अफगानिस्तानका राजदूत नजिबुल्लाहकी छोरीको अपहरण


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ ।

अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रवार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश मन्त्रालयले जनाएका छन्।

पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी कुटपिट गरिएको बीबीसीले जनाएको छ । सिलसिलालाई अपहरणकारीले पाँच घन्टा बढी समय आफूसँग राखेका थिए। विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ ।

प्रहरीले उद्धार गरेर ल्याएकी सिलसिलालाई अस्पताल भर्ना गरिएको थियो। परीक्षण गर्दा उनको शरीरमा विभिन्न ठाउँमा चोट लागेको देखिएको छ।

आफ्ना राजदूतकी छोरीको अपहरण भएपछि शनिबार विज्ञप्ति निकाल्दै अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आपराधिक कामको भत्सर्ना गरेको छ। घटनाको छानबिन गरी उनको अपहरणमा संलग्नलाई जतिसक्दो छिटो कानुनी दायरामा ल्याउन पनि अफगानिस्तानले माग गरेको छ। आफ्ना कूटनीतिज्ञको सुरक्षा सुनिश्चित गर्न पनि अफगानिस्तानले भनेको छ।

पाकिस्तानले अफगान राजदूतको सुरक्षा बढाइएको र प्रधानमन्त्री इमरान खान अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन भनेको बताएको छ।

राजदूतकी छोरीलाई कसले अपहरण गरेको हो भन्ने अझै खुलिसकेको छैन। पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी र नाटो मुलुकका सैनिकहरू फिर्ता भएपछि त्यहाँ हिंसाका घटना बढेका छन्। बीबीसीको सहयोगमा

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५८ बजे

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ