एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष फेरि पनि अनुपस्थित « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष फेरि पनि अनुपस्थित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्नदेखि शुरू भएको बैठकमा नेपाल पक्षका कोही पनि सदस्य सहभागी भएका छैनन् ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनको भनाइ थियो । तर नेपाल पक्षका कुनै पनि नेता बैठकमा सहभागी भएका छैनन् ।

यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन । उक्त बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आजै हुने प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । देउवालाई समर्थन गर्ने/नगर्ने विषयमा नेपाल समूह छुट्टै छलफलमा जुटेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : २४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर