एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष फेरि पनि अनुपस्थित | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष फेरि पनि अनुपस्थित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्नदेखि शुरू भएको बैठकमा नेपाल पक्षका कोही पनि सदस्य सहभागी भएका छैनन् ।

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाकिएको उनको भनाइ थियो । तर नेपाल पक्षका कुनै पनि नेता बैठकमा सहभागी भएका छैनन् ।

यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता थिएन । उक्त बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आजै हुने प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । देउवालाई समर्थन गर्ने/नगर्ने विषयमा नेपाल समूह छुट्टै छलफलमा जुटेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : २४ बजे

स्थानीय प्रणालीले उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

काठमाडौं– मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका

पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

काठमाडौं– नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको एक खर्ब २१

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश