नेकपा माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने | Khabarhub Khabarhub

नेकपा माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवालाई एकमत भएर विश्वासको मत दिने निर्णय गरेको छ ।

आज माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकरलाई विश्वासको मत दिने निर्णय गरेको नेता मातृका यादवले जानकारी दिए । उनले भने, ‘एकमत भएर सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेका छौँ।’

नेता यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका ४० जना सांसदले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने दाबी गरे । उनले देउवाले विश्वसको मत पाउने विषयमा कुनै शंका नरहेको भन्दै भने,‘विश्वासको मत पाउने विषयमा कुनै शंका छैन । सर्वोच्च अदालतमा रिट दायर गरेको भन्दा धेरै सांसदहरूले हस्ताक्षर गर्छन् ।’

अहिले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल नभएको भन्दै उनले एमाले नेता नेपाल समुह सरकारमा सहभागी हुने अबस्थामा उनीहरूलाई धेरै सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले भने,‘माधवजीहरू सरकारमा आउनुभयो भने उहाँहरूलाई विषेश माया गर्नुपर्ने हुन्छ । विश्वासको मतको प्रक्रिया सकिएपछि पावर स‍ेयरिङका बारेमा छलफल हुन्छ ।’

नेता यादवले दुईतिहाई सरकार चलाउँदा गफमा बढि जोड दिएर काम गर्न नसकेको अबस्थामा अब जाअपेक्षाअनुसार सरकारले काम गर्नेसमेत दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : २६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र