नेकपा माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने « Khabarhub

नेकपा माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवालाई एकमत भएर विश्वासको मत दिने निर्णय गरेको छ ।

आज माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकरलाई विश्वासको मत दिने निर्णय गरेको नेता मातृका यादवले जानकारी दिए । उनले भने, ‘एकमत भएर सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेका छौँ।’

नेता यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहका ४० जना सांसदले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने दाबी गरे । उनले देउवाले विश्वसको मत पाउने विषयमा कुनै शंका नरहेको भन्दै भने,‘विश्वासको मत पाउने विषयमा कुनै शंका छैन । सर्वोच्च अदालतमा रिट दायर गरेको भन्दा धेरै सांसदहरूले हस्ताक्षर गर्छन् ।’

अहिले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल नभएको भन्दै उनले एमाले नेता नेपाल समुह सरकारमा सहभागी हुने अबस्थामा उनीहरूलाई धेरै सहयोग गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । उनले भने,‘माधवजीहरू सरकारमा आउनुभयो भने उहाँहरूलाई विषेश माया गर्नुपर्ने हुन्छ । विश्वासको मतको प्रक्रिया सकिएपछि पावर स‍ेयरिङका बारेमा छलफल हुन्छ ।’

नेता यादवले दुईतिहाई सरकार चलाउँदा गफमा बढि जोड दिएर काम गर्न नसकेको अबस्थामा अब जाअपेक्षाअनुसार सरकारले काम गर्नेसमेत दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : २६ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर