धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने « Khabarhub

धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्लाका सात गाउँपालिकाले आफ्ना नागरिकलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएका छन् ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि ती गाउँपालिकाले आवश्यक रकम समेत विनियोजन गरेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ, भक्तपुर, चितवन र पोखरा शाखासँग ती गाउँपालिकाले सम्झौता गरेको छ ।

स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ । गाउँपालिकाबाट प्राप्त आधिकारिक परिचयपत्रका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायणकुमार श्रेष्ठले बताए ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि बेनीघाट रोराङ गाउँपालिकाले रु १० लाख, गजुरीले रु पाँच लाख, ज्वालामुखीले रु पाँच लाख, खनियाबासले रु पाँच लाख ४५ हजार, गङ्गाजमुनाले रु तीन लाख, त्रिपुरासुन्दरीले रु दुई लाख ९७ हजार ५८० र रुबीभ्यालीले रु दुई लाख सोसाइटीलाई उपलब्ध गराएको छ ।

“ती गाउँपालिकाका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ”, सभापति श्रेष्ठले भने, “आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको व्यवस्था मिलाएको छ ।”

ती गाउँपालिकाका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेका आधिकारिक कागजपत्र र बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ४५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी