भारतले नेपाललाई दियो १५० थान आईसीयु बेड « Khabarhub

भारतले नेपाललाई दियो १५० थान आईसीयु बेड


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंशायोग्य रहेको बताए । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

राजदूत क्वात्राले भारत र नेपालबीचको शदिऔँ पुरानो विशिष्ठ सम्बन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड–१९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्ने बताए ।

यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ०८ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ