शेयर बजारमा उछाल, ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्बको कारोबार « Khabarhub

शेयर बजारमा उछाल, ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्बको कारोबार


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ९७ दशमलव २१ अंकले बढेर २,९८० दशमलव ६१ विन्दुमा कायम भएको छ ।

आज दिनभरीमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्स कम्पनीको भएको छ । कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नबिल बैँकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७ करोड ६८ लाख, एनआईसी एशिया बैंकको ३५ करोड ३५ लाख, कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप, सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका हुन् ।

शेयर बजार भारी अंकले बढ्दा एनआईबीएल समृद्धि फण्ड २ का इकाई धनीले भने सबैभन्दा धेरै गुमाएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ५३ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं