शेयर बजारमा उछाल, ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्बको कारोबार « Khabarhub

शेयर बजारमा उछाल, ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्बको कारोबार


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ९७ दशमलव २१ अंकले बढेर २,९८० दशमलव ६१ विन्दुमा कायम भएको छ ।

आज दिनभरीमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्स कम्पनीको भएको छ । कम्पनीको ४० करोड ९९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नबिल बैँकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७ करोड ६८ लाख, एनआईसी एशिया बैंकको ३५ करोड ३५ लाख, कामना सेवा विकास बैंकको ३४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, ङादी ग्रुप, सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका हुन् ।

शेयर बजार भारी अंकले बढ्दा एनआईबीएल समृद्धि फण्ड २ का इकाई धनीले भने सबैभन्दा धेरै गुमाएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ५३ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज