बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु | Khabarhub Khabarhub

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो ।

शनिबार भैसी चराउन सामुदायिक वनमा गएका थापा अबेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलीले हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगौडी बफरजोन सामुदायिक वनमा आइतबार विहान उनको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थापाको शव विक्षिप्त अवस्थामा भेटिएको हो । उनको टाउको र शरिरको भाग छुट्टिएको, शरीरका केही अंग बाघले खाइसकेको अवस्थतामा भेटिएको निकुञ्जको टोलीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ३८ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली