राष्ट्रिय एकताका पक्षमा लाग्न राष्ट्रियसभा सदस्यको आग्रह | Khabarhub Khabarhub

राष्ट्रिय एकताका पक्षमा लाग्न राष्ट्रियसभा सदस्यको आग्रह


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई बढावा दिन तथा आफूहरू र सरकारबीच भएको सहमति पूर्ण कार्यान्वयनका लागि ध्यानकर्षण गराए ।

सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरिन् ।

उनले पाँच दलीय गठबन्धनको सुझबुझपूर्ण निर्णयका आधारमा देशले राजनीतिक निकास पाएको बताइन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १.०० बजे बस्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली