भीम रावलले राजीनामा दिनु आवश्यक थिएन : वामदेव गौतम « Khabarhub

भीम रावलले राजीनामा दिनु आवश्यक थिएन : वामदेव गौतम


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा अर्का उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले रावलले राजीनामा दिन आवश्यक नरहेको प्रतिक्रिया दिएका हुन् ।

सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभा बैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ । पार्टीको निर्णय मान्ने नमान्ने आफ्नो कुरा भएकाले यसमा राजीनामा दिइरहनु आवश्यक थिएन ।’

सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमको भनाइ छ । यदि पार्टीले कारवाही गर्‍यो भने फेरि सर्वोच्चले पार्टीमा राख भन्ने आदेश दिने भएकाले डराउनु नपर्ने उनले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ५१ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र