संसदमा एमालेको आक्रोश : देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री बनाए « Khabarhub

संसदमा एमालेको आक्रोश : देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री बनाए


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर दउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने भन्दै अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ ।’

रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको उनको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) लाई अपव्याख्या गरेको आरोप लगाउँदै उनले फैसलाको आलोचना गरे । सांसद ज्ञवालीले सर्वोच्चले संविधान संशोधन गरेको आरोप पनि लगाए ।

एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको सांसद ज्ञवालीले दाबी गरे । उनले ओलीलाई जनताले वर्षौंसम्म सम्झिरहने बताए । ओलीले नेपालको मिचिएको भूमि लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको, सगरमाथाको उचाइँ नापेकोलगायतका राष्ट्रले गौरभ गर्न लायक काम गरेको सुनाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५० बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र