संसदमा एमालेको आक्रोश : देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री बनाए | Khabarhub Khabarhub

संसदमा एमालेको आक्रोश : देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री बनाए


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर दउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने भन्दै अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ ।’

रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको उनको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) लाई अपव्याख्या गरेको आरोप लगाउँदै उनले फैसलाको आलोचना गरे । सांसद ज्ञवालीले सर्वोच्चले संविधान संशोधन गरेको आरोप पनि लगाए ।

एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको सांसद ज्ञवालीले दाबी गरे । उनले ओलीलाई जनताले वर्षौंसम्म सम्झिरहने बताए । ओलीले नेपालको मिचिएको भूमि लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको, सगरमाथाको उचाइँ नापेकोलगायतका राष्ट्रले गौरभ गर्न लायक काम गरेको सुनाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५० बजे

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू