कर्णाली प्रदेशले बढायो बजेट खर्च « Khabarhub

कर्णाली प्रदेशले बढायो बजेट खर्च


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ ।

कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख तथा चालुतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख विनियोजन गरेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ मा ७.४२, २०७५/०७६ मा ३५.३७ र २०७६/०७७ मा ४९.१४ प्रतिशत खर्च गरेको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले २०७६/०७७ वर्षभन्दा गत आव २०७७/७८ मा ३२.४४ प्रतिशत बजेट खर्च बढी भएको जनाएको छ । प्रदेश सरकारले गत आवमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिकाले शतप्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगले ३२.८७, मुख्य न्यायाधिवक्ताको कार्यालयले ९५.४९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७१.५२, प्रदेश योजना आयोगले ४५.९६, स्थानीय तहले ८७ प्रतिशत खर्च गरेका छन् ।

मन्त्रालयहरुमा सबैभन्दा बढी खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । उक्त मन्त्रालयले ८२, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानूनले ६८, भौतिक पूर्वाधार विकास मन्त्रालयले ६२, सामाजिक विकास मन्त्रालयले ६६ प्रतिशत बजेट खर्च गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध र वित्तीय व्यवस्थाबाहेक ९.७३ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ४७ बजे

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण