हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : डा रिजाल | Khabarhub Khabarhub

हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : डा रिजाल


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेका नेता डा मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाए ।

उनले भने, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ ।”

कांग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भने , “नेपाली कांग्रेस निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतान्त्रमा विश्वास राख्नेलाई कांग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ ।”

उनले हामी सबै मिलेर बनाएको संविधान र लोकतन्त्रको पाङ्ग्रा एउटा पक्षले भत्काउँदा ठीक हुने तर अहिले पाखा लगाउँदा गलत हो भन्ने तर्क आफैँमा बेठीक भएको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : १८ बजे

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।