रावलको राजीनामामा शीर्ष नेताहरूमाथि चर्को दोषारोपण | Khabarhub Khabarhub

रावलको राजीनामामा शीर्ष नेताहरूमाथि चर्को दोषारोपण


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रावलले नेताहरू स्वेच्छाचारी भएको, दूषित खेलमा लागेको, विधि मिचेको, चरित्र अनैतिक भएको तथा प्रतिशोधी र षड्यन्त्रकारी भएको आरोप लगाएका छन् ।

काठमाडौँ– नेकपा एमालेका नेता भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुमा पार्टीका नेताहरूलाई दोषारोपण गरेका छन् ।

रावलले राजीनामा पत्रको अन्तिम वाक्यमा ‘अनैतिक तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग रहनु श्रेयष्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग राख्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको छु’ लेखेका छन् ।
रावल कांग्रेस नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष दाबी पत्रमा हस्ताक्षर गर्ने र प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा रिट दायर गर्ने सांसदहरुमध्ये एक थिए ।

उनी एमालेको नेपाल–खनाल समूहका सक्रिय नेतामध्येका एक थिए । पार्टीमा दुई पक्षको एकता कार्यादलमा उनी संलग्न थिए । कार्यदलले १० बुँदे प्रस्ताव बुझाएको थियो । उक्त प्रस्ताव एमालेको ओली समूहले अनुमोदन गरेको छ ।

सर्वोच्च अदालतको आदेशबाट प्रतिनिधिसभा पुनस्र्थापन भई देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनलाई विश्वासको मत दिने विषयमा रावलले नेपाल–खनाल समूहमा फरक मत राखेका थिए । उनी पार्टीमा एकता भएपछि विश्वासको मतका विषयमा निर्णय गर्ने पक्षमा थिए ।

नेताद्वय माधव नेपाल र झलनाथ खनालले देउवालाई विश्वासको मत दिन आह्वान गरेपछि रावलको राजीनामा आएको हो ।

रावलले आफ्नो राजीनामापत्रमा राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गएको उल्लेख गरेका छन् । यस्तो कृत्यबाट नेपाल र नेपालीको शिर निहुरिएको पनि उल्लेख गरेका छन् ।

नेतृत्व तहमा चरम सत्तालिप्सा देखिएको र आफ्नो कुत्सित स्वार्थका लागि विधिपद्धति मिचेको अरोप रावलले लगाएका छन् । उनले राजनीतिमा स्वेच्छाचारी र निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भएको आरोप लगाएका छन् ।

रावलले राजीनामा पत्रमा लेखेका छन्, ‘यस्तो देखेर सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ ।’

उनले प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्वमा अनियन्त्रित र चरम अनैतिक राजनीति देखिएको उल्लेख गरेका छन् । उनले नेतृत्व तह स्वेच्छाचारी भएको; देश, जनता र पार्टीको हित विपरीत निजी स्वार्थ, अहम्, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र देखिएको पनि उल्लेख गरेका छन् ।

रावलले राजीनामापत्रको अन्त्यतिर यस्तो अवस्था देखेर ‘देश र जनताको हितलाई सर्वोपरी सम्झिने नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ’ लेखेका छन् ।

उनले यस्ता विकृति रोक्न अधिकतम प्रयास गरेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ४४ बजे

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू