सर्वोच्चले दुर्घटनाको डिलमा पुगेको संविधानलाई जोगायो : बाबुराम भट्टराई « Khabarhub

सर्वोच्चले दुर्घटनाको डिलमा पुगेको संविधानलाई जोगायो : बाबुराम भट्टराई


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चको पछिल्लो फैसलाले दुर्घटनाको डिलमा पुगेको संविधानलाई जोगाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै भट्टराईले ओलीले संविधानको हत्या गर्न खोजेको आरोप लगाए । उनले वर्तमान संविधान अपूर्ण र अपूरो भए पनि अग्रगामी रहेको बताए ।

अहिलेको संसदीय व्यवस्था पुरानो व्यवस्था नभएर परिमार्जित व्यवस्था भएको उनले बताए ।

उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुनः सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए ।

‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने ।

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए ।

पूर्वप्रधानमन्त्री केपी शर्माले पार्टीले उठाएका केही विषय सम्बोधन गरेको स्मरण गर्दै उनले विगतका सरकारले मधेश आन्दोलनका सम्बन्धमा भएका सहमति कार्यान्वयन नभएकाप्रति गम्भीर ध्यानाकर्षण गराए ।

सोही दलका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राखे ।

उनले भने, ‘सर्वाेच्चको फैसलाले देश र सबै नागरिकको हित गरेको छ, त्यसको सम्मान गरौँ, संरक्षण गरेर अघि बढौँ । जनताको सार्वभौमस्थल प्रतिनिधिसभालाई नमान्नेविरुद्ध निर्णय आएको छ ।’

गत पुसदेखि जेठसम्ममा भएका निर्णय मुलुक र लोकतन्त्र विरुद्धमा गएपछि अदालतले त्यसलाई रोक्न सफल भएको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलहरू एक ठाउँमा उभिएर संविधान र लोकतन्त्रलाई बचाउने कार्यमा योगदान पुर्‍याउन आग्रह गरे ।

मधेश मुद्दालाई सत्तामा चढ्ने भर्‍याङ नबनाउन सुझाव दिँदै उनले सहमति कार्यान्वयनमा इमान्दर हुन सरकारसँग आग्रह गरे ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ०७ बजे

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ