प्रधानमन्त्री देउवाको आह्वान : यो विशेष परिस्थिति हो, राष्ट्रिय सरकार बनाऔँ « Khabarhub

प्रधानमन्त्री देउवाको आह्वान : यो विशेष परिस्थिति हो, राष्ट्रिय सरकार बनाऔँ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता तीन वटा रहेको र त्यो खोप, खोप र खोप रहेको बताएका छन् । उनले अहिले विशेष परिस्थिति रहेको भन्दै राष्ट्रिय सरकार बनाउन पनि आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् ।

उनले राष्ट्रपतिले गरेको आह्वान अनुसार प्रधानमन्त्री पदमा दाबी गरेकोमा राष्ट्रपतिले नै अस्वीकार गरेपछि आफूहरू सर्वोच्च अदालत गएको बताए । उनले संविधानको व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतकै भएकोले आफूहरू त्यहाँ गएको पनि प्रष्ट पारे ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय महत्वका विषयमा नेपाली नेताहरू एक हुने परम्परा रहेको पनि बताएका छन् । उनले लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा त्यही एकताको परिणाम हो भनेका छन् ।

देउवाले आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेता रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा असन्तोष प्रकट गरे । उनले प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता उपस्थित हुने र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा रहेको बताए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बैठकमा ओली उपस्थित नभएकोमा असन्तोष प्रकट गरेका थिए ।
प्रधानमन्त्री देउवाले विपक्षी नेता नभए उपनेता सुवास नेम्वाङले बोल्ने अपेक्षा गरेकोमा त्यसो पनि नभएको बताए । देउवाले नेम्वाङ संविधान जारी गर्ने संविधानसभाका अध्यक्ष भएकाले संविधान मिचिएको समयमा उनलाई बोल्न अप्ठ्यारो परेको हुन सक्ने भन्दै कटाक्ष गरे ।

देउवाले संसद बैठकमा विपक्षी सत्तापक्षलाई विपक्षी दललाई धेरै आक्रमण गर्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको हरको बताए । उनले भने, ‘विपक्षले सत्तापक्षमाथि आक्रमण गर्ने हो, सत्तापक्षले आक्रमण गर्ने होइन ।’

प्रधानमन्त्री देउवाले देश सबै जातजातिको भएको बताए । उनले जनता समाजवादी पार्टी (जसपा) ले उठाएका मागका विषयमा छलफल गरेर अघि बढ्न तयार रहेको बताए । उनले आफ्नो सरकारलाई विश्वासको मत दिन आह्वान गरे ।
उनले छिमकीसँग असल सम्बन्ध राख्ने बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २५ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका