प्रधानमन्त्री देउवाको आह्वान : यो विशेष परिस्थिति हो, राष्ट्रिय सरकार बनाऔँ | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाको आह्वान : यो विशेष परिस्थिति हो, राष्ट्रिय सरकार बनाऔँ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता तीन वटा रहेको र त्यो खोप, खोप र खोप रहेको बताएका छन् । उनले अहिले विशेष परिस्थिति रहेको भन्दै राष्ट्रिय सरकार बनाउन पनि आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् ।

उनले राष्ट्रपतिले गरेको आह्वान अनुसार प्रधानमन्त्री पदमा दाबी गरेकोमा राष्ट्रपतिले नै अस्वीकार गरेपछि आफूहरू सर्वोच्च अदालत गएको बताए । उनले संविधानको व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतकै भएकोले आफूहरू त्यहाँ गएको पनि प्रष्ट पारे ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय महत्वका विषयमा नेपाली नेताहरू एक हुने परम्परा रहेको पनि बताएका छन् । उनले लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा त्यही एकताको परिणाम हो भनेका छन् ।

देउवाले आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेता रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोमा असन्तोष प्रकट गरे । उनले प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता उपस्थित हुने र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा रहेको बताए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बैठकमा ओली उपस्थित नभएकोमा असन्तोष प्रकट गरेका थिए ।
प्रधानमन्त्री देउवाले विपक्षी नेता नभए उपनेता सुवास नेम्वाङले बोल्ने अपेक्षा गरेकोमा त्यसो पनि नभएको बताए । देउवाले नेम्वाङ संविधान जारी गर्ने संविधानसभाका अध्यक्ष भएकाले संविधान मिचिएको समयमा उनलाई बोल्न अप्ठ्यारो परेको हुन सक्ने भन्दै कटाक्ष गरे ।

देउवाले संसद बैठकमा विपक्षी सत्तापक्षलाई विपक्षी दललाई धेरै आक्रमण गर्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको हरको बताए । उनले भने, ‘विपक्षले सत्तापक्षमाथि आक्रमण गर्ने हो, सत्तापक्षले आक्रमण गर्ने होइन ।’

प्रधानमन्त्री देउवाले देश सबै जातजातिको भएको बताए । उनले जनता समाजवादी पार्टी (जसपा) ले उठाएका मागका विषयमा छलफल गरेर अघि बढ्न तयार रहेको बताए । उनले आफ्नो सरकारलाई विश्वासको मत दिन आह्वान गरे ।
उनले छिमकीसँग असल सम्बन्ध राख्ने बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २५ बजे

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू