प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभाको विश्वास, पक्षमा १६५ मत | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभाको विश्वास, पक्षमा १६५ मत


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा १६५  मत परेको छ ।

यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य रहेकोले विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक थियो ।

संविधानको धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले नियुक्तिको शपथग्रहणको छैटौँ दिनमा विश्वासको मत लिएका हुन् ।

उनलाई विश्वासको मत प्राप्त नभएको भए प्रतिनिधिसभा विघटन भई ६ महिनाभित्र निर्वाचन हुनुपर्ने थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ३० बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।