विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राष्ट्रिय जनमोर्चाको मत देउवालाई | Khabarhub Khabarhub

विश्वासको मत : राप्रपा र नेमकिपा तटस्थ, राष्ट्रिय जनमोर्चाको मत देउवालाई


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको विघटनपछि उत्पन्न परिस्थिति कुनै संवैधानिक प्रश्न नभई सत्ता र शक्ति सङ्घर्ष भएको टिप्पणी गरेका छन् ।

उनले भने, “मुलुकको अहिलेको अवस्था आउनु भनेको हालको नेतृत्व असफल भएको घटनाका रूपमा लिएका छौँ । विश्वासको मतको पक्ष र विपक्षमा नरही राप्रपा तटस्थ रहनेछ ।”

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडलले अदालतले दिएको आदेश, संविधानको मर्म र भावना तथा विगतको सरकारका कमी कमजोरीबाट शिक्षा लिएर राम्रा काम गर्न सरकारलाई सुझावका साथ पक्षमा मतदान गर्ने निर्णय सुनाए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले जनता र मजदूरको हितमा ठूला दलले काम नगरेकाले पक्ष वा विपक्ष मतदान नगरी तटस्थ रहेको प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्रीको जवाफ

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी राख्नुभएको प्रस्तावका सम्बन्धम सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र र राष्ट्रियताको पक्षमा अदालतको निर्णय आएको बताए ।

उनले भने, “सबै जातजाति समुदायको देश भएकाले विकास र समृद्धिका लागि मिलेर काम गर्न तयार छु, हामी मिलेर काम गरौँ । सरकारको अहिलेको प्राथमिकता कोरोना खोप नै हो ।”

प्रधानमन्त्री देउवाको जवाफपछि विश्वासको प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम अघि बढेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०० बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक