ओली पक्षका ६ सांसदले दिए देउवालाई विश्वासको मत, एमालेका अरु क-कसले गरे पक्षमा मतदान ? « Khabarhub

ओली पक्षका ६ सांसदले दिए देउवालाई विश्वासको मत, एमालेका अरु क-कसले गरे पक्षमा मतदान ?


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरूले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री देउवालाई ओली पक्षका सांसद प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हिरा केसी, पार्वती विसुंखेले विश्वासको मत दिएका हुन् । त्यस्तै ओलीनिकट समानुपातिक सांसद समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकी छन् ।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको भएपनि फ्लोर क्रस गर्दै उनीहरुले देउवाको पक्षमा मतदान गरेका हुन् ।

यसैगरी माधव नेपाल पक्षका केही सांसद्हरु भने संसद् बैठक चल्दाचल्दै बाहिरिएका भएपनि केही सांसदले भने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा आज अबेर भएको मतदानमा पक्षमा १६५ मत परेको हो ।यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरेका थिए ।

देउवालाई मत दिने एमाले सांसद–

माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : २८ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग