न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन | Khabarhub Khabarhub

न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्यूजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताइन् ।

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । पछिल्लो छ महिनायता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : २५ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)