जर्मन सुपर कपको उपाधि बायर्नलाई « Khabarhub

जर्मन सुपर कपको उपाधि बायर्नलाई


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो ।

बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए । बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ ।

बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ०६ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी