जर्मन सुपर कपको उपाधि बायर्नलाई « Khabarhub

जर्मन सुपर कपको उपाधि बायर्नलाई


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।

मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो ।

बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए । बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ ।

बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ०६ बजे

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने