बाछी काटेको अभियोगमा तीन पक्राउ « Khabarhub

बाछी काटेको अभियोगमा तीन पक्राउ


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।

पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् ।

बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलका जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : १८ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्