विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसँग « Khabarhub

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसँग


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदैछ ।

सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ । सुपर १२ को समूह-२ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।  भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो । प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन् ।

जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ११ : ४५ बजे

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा