अध्यादेशको विरोधमा एमाले नेता आचार्यले जारी गरे ६ बुँदे अपील « Khabarhub

अध्यादेशको विरोधमा एमाले नेता आचार्यले जारी गरे ६ बुँदे अपील


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम आचार्यले प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद् र संविधान जोगाउनका लागि मात्रै भएक स्मरण गरेका छन् ।

सरकारले २० प्रतिशतले चाहेको अवस्थामा पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि असन्तुष्टि जनाउँदै आचार्यले पार्टी विभाजनको लागि आफूहरूले सहयोग नगरेको बताएका हुन् ।

एमालेको विवाद मिलाउन मध्यस्तकर्ताका भूमिका निर्वाह गरिरहेका नेता आचार्यले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद  संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए । पार्टी विभाजन गर्नको लागि होइन। नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्ति का उपलब्धीहरुलाई कमजोर पार्दछ । अग्रगमन को यात्रा मा गम्भीर धक्का दिन्छ।’

उनले अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएकाले तुरुन्तै फिर्ता लिन माग गरेका छन्।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना