नयाँ दल दर्ताको तयारीमा महन्थ ठाकुर समूह, पार्टीको नाम जसपा लोकतान्त्रिक राख्ने « Khabarhub

नयाँ दल दर्ताको तयारीमा महन्थ ठाकुर समूह, पार्टीको नाम जसपा लोकतान्त्रिक राख्ने


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । ठाकुर पक्ष दल दर्ताका लागि आजै निर्वाचन आयोग जाने तयारीमा छ ।

सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

नेता लक्ष्मणलाल कर्णका अनुसार दल दर्ताका लागि टोली निर्वाचन आयोगमा जाने तयारी छ । पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेको बताउँदै कर्णले चुनाव चिह्न साइकल दाबी गर्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना