फूटको संघारमा एमाले : दल दर्ता गर्न निर्वाचन आयोग जाने नेपाल पक्षको तयारी « Khabarhub

फूटको संघारमा एमाले : दल दर्ता गर्न निर्वाचन आयोग जाने नेपाल पक्षको तयारी

नाम र चुनाव चिन्ह तय गर्न छलफल जारी


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै नेकपा एमाले फूटको संघारमा पुगेको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्न आन्तरिक छलफल‍ गरिरहेको छ ।

अन्य नाम र चुनाव चिन्हका विषयमा छलफल जारी विरोध खतिवडाले जानकारी दिए । उनले भने, ‘नाम र चुनाव चिन्हबारे टुंगो लगाउन छलफलमा जुटेका छौँ । कानुन व्यवसायीसँग परामश गरी आवश्यक प्रक्रिया अघि बढाउने छौँ ।’

नेपाल पक्षका नेताको भेला अहिले नयाँ बानेश्वरस्थित अर्याल होटेलमा जारी छ । जारी छलफलमा दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए।

नयाँ पार्टी गठन गर्न एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यले हस्ताक्षर संकलनको काम थालेका छन् ।

माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ।

प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३४ जना छन्। २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ४४ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका