कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो « Khabarhub

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका ५ वटा घर बगाएको छ भने दर्जनौँ घर डुबान र उच्च जोखिममा परेका छन्।

गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार बाढीको जोखिममा परेका बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विशेष गरी फर्से र लामाखेत क्षेत्रका प्रभावितहरूलाई तत्काल राहत तथा सहयोगको खाँचो रहेको छ।

गएरातिदेखि कालीगण्डकी नदीमा जलसतह अत्यधिक बढेपछि पर्वत, म्याग्दी र बागलुङका तटीय क्षेत्रमा कटान सुरु भएको छ। नदीको कटान र बढ्दो जलसतहका कारण तटीय क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ। स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ०२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला